Friday, 4 November 2022

Superhit Nepali Movie - "KABADDI" Full Movie || Daya Hang Rai, Nischal Basnet, Rishma Gurung full Nepali movie download free




 

Best Driving Schools in Kathmandu Nepal

 Suzuki Driving School

Ekantakuna Lalitpur, Kathmandu, Nepal
VIEWPHONE NUMBER
+97715530374
MOBILE PHONE
+9779801130375
WEBSITE

डाउन ज्याकेट : थरीथरी डिजाइन, २ हजारदेखि १ लाखसम्म मूल्य

मौसमी तापमान निरन्तर ओरालो लाग्दैछ । चिसोले क्रमशः साम्राज्य विस्तार गर्दैछ । यस्तो बेला शरीरलाई कसरी न्यानो राख्ने ? सजिलो उपाय हो न्यानो लुगा लगाएर ।

जब न्यानो लुगाको कुरा आउँछ, बाक्लो ज्याकेट पहिलो रोजाइ बन्छ । ज्याकेट त थरीथरीका छन् । त्यसमा पनि डाउन ज्याकेट जाडो छल्न निकै उपयोगी मानिन्छ । हल्का, छरितो र न्यानो हुने भएकाले डाउन ज्याकेट सर्वत्र रोजाइमा पर्छ ।

चिसो बढ्दै जाँदा हामीले काठमाडौंका पसलहरु चहार्‍यौं, ज्याकेट खोज्दै । बजारलाई  जाडोको पहिरनले ढाकिसकेको रहेछ । बजारमा सस्तोदेखि निकै महंगो मूल्यका डाउन ज्याकेट छन् । न्यूनतम ३ हजारदेखि एक लाख २० हजार मूल्यसम्मका डाउन ज्याकेट उपलब्ध छन् ।

ठमेलको कर्मचारी सञ्चयकोष चोक पुग्नुअघि बायाँतर्फ छ द नर्थ फेसको आउटलेट । यहाँ केही प्रकारका डाउन ज्याकेट उपलब्ध छन् । नर्थ फेसको डाउन ज्याकेटको मूल्य २३ हजार ५०० रुपैयाँबाट सुरु हुन्छ । हिमाली भेगमा जाँदा लगाउने डाउन ज्याकेट पनि यहाँ उपलब्ध छन् । यस्तो ज्याकेटको मूल्य १ लाख २० हजार रुपैयाँ रहेको त्यहाँका सेल्समेन प्रकाश खनाल बताउँछन् ।

यो उच्च हिमाली भेगमा लगाउन मिल्ने ज्याकेट हो,’ खनाल भन्छन्, ‘यसले शरीरको तापमान सन्तुलित राख्ने भएकाले मूल्य उच्च भएको हो ।’

महिला तथा पुरुषले लगाउने डाउन ज्याकेटमा खासै भिन्तता नहुने उनी बताउँछन् । मूल्यमा पनि एकरुपता हुन्छ । ‘फरक भनेको रंग र साइज मात्र हो,’ उनी भन्छन् ।

डाउन ज्याकेट विदेशी ब्रान्डमा मात्र होइन, स्वदेशी उत्पादन पनि उपलब्ध छन् । यी ज्याकेट विदेशी ब्रान्डको तुलनामा धेरै नै सस्तो पर्ने रामशंकर जैसवाल बताउँछन् । उनी द नर्थ इस्ट गियरका सञ्चालक हुन् । ‘हामी गुणस्तरीय ज्याकेट उत्पादन गर्छौं,’ उनी भन्छन्, ‘साथै सस्तो मूल्यमै बेच्ने गरेका छौं ।’

उनीकहाँ डाउन ज्याकेटको मूल्य ४ हजार ५०० रुपैयाँबाट सुरु हुन्छ । यहाँ ८ हजार ५०० रुपैयाँसम्मको डाउन ज्याकेट उपलब्ध छन् ।

ठमेलस्थित एभरेष्ट इक्युपमेन्टलका सञ्चालक धमेन्द्रराज साहका अनुसार उनीकहाँ दुई हजार ५०० रुपैयाँका डाउन ज्याकेट उपलब्ध छन् । आफैंले उत्पादन गर्ने भएकाले सस्तो मूल्यमा बिक्री गरिरहेको उनी बताउँछन् ।

‘आउटडोर कम्पास’ नामका डाउन ज्याकेट उत्पादन र बिक्री गरिरहेका छन् कमल अर्याल । उनीकहाँ उत्पादित ज्याकेट स्वदेशमा मात्र नभई विदेशमा समेत निर्यात हुने बताइन्छ । ‘इटाली, फिलिपिन्स, साउदी अरबमा निर्यात गरिरहेको छु,’ अर्याल भन्छन्, ‘नेपाली उत्पादन भए पनि विदेशी ब्रान्डभन्दा कम छैन ।’

उनीकहाँ डाउन ज्याकेटको मूल्य ५ हजार ५०० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म छ । उनले हाफ डाउन ज्याकेटलाई १८ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री गर्छन् ।


बैदेशिक रोजगारीमा जानेलाई आईपीओमा कोटा प्रणाली लागु, अब आईपीओ निष्काशन गर्नेले १० प्रतिशत कोटा छुट्याउनु पर्ने

 

नेपाल धितोपत्र बोर्डले बैदेशिक रोजगारीमा जाने नेपालीलाई आईपीओमा कोटा छुट्याउने भएको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकालाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।


संगठित संस्थाले सर्वसाधारणलाई निष्काशन गर्ने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याउनु पर्ने व्यवस्था गरेको छ ।

छुट्याएको शेयर निष्काशन गर्दा निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणहरुको लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधि तोकि आह्वानपत्र प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

कम्पनीले निष्काशन गरेको शेयरमा आवेदन दिदाँ अनुमति प्राप्त आश्वा बैंक तथा वित्तीय संस्थामा रहेको विप्रेषण ( रेमिट्यान्स) खाताबाट मात्रै आवेदन दिनु पर्नेछ ।

उक्त निर्देशिका आज कात्तिक १७ गतेदेखि नै लागु हुने बोर्डले जनाएको छ । त्यस अनुसार अब आईपीओ निष्काशन गर्ने कम्पनीहरुले विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई समेत कोटा छुट्याउनु पर्नेछ ।